बुटवल, १३ असार ।
सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेविको संयुक्त पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक समारोहका बिच क्लबका वर्ष २०२५/२६ का अध्यक्ष चिन्जिवी श्रेष्ठ, सीता श्रेष्ठले वर्ष २०२६/२७ का अध्यक्ष बाबुराम शर्मा चापागाई र सृजना श्रेष्ठलाई पद हस्तान्तरण गरे ।
कार्यक्रमको लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी का गभर्नर बालाराम भट्टराई, फष्ट लेडि कल्पना भट्टराईले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी का गभर्नर बालाराम भट्टराईले यस क्षेत्रमा नै अलग पहिचानसहित क्लब सेवामा अग्रसर रहेको बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष चिरन्जिवी श्रेष्ठ तथा अध्यक्ष सीता श्रेष्ठले वर्षभरि गरिएको कार्यहरु समिक्षा गरे । पाच दर्जन बढी कार्यक्रमहरुसहित विविध रचनात्मक कार्यहरु गर्न क्लब सफल रहेको उनिहरुको दाबी छ । शिक्षा, स्वास्थ्य, वातावरण, मानविय सेवाका काममा क्लबबाट आफ्नो कार्यकालमा ८ लाख बढीको सहयोग, ३ हजार ८ सय घण्टा भन्दा बढि समय ब्यवस्थापन गरेका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।
यसैबिच क्लबका हरेक कार्यक्रममा संयोजक जिम्मेवारी लिएका तथा सहयोग गर्ने ब्यक्तित्वहरुलाई डिष्ट्रिकका ईलेक्ट डिजि सन्दिप कशौधन, पिडिजि अर्जुनमान सैजु, नवराज न्यौपाने, क्लबका सचिव काशीनाथ ज्ञवाली, क्लबका सेकेण्ड भिडि तथा कार्यक्रम संयोजक सुर्यलाल श्रेष्ठले सम्मान गरेका थिए ।




















