Spread the love

बुटवल, १३ असार ।
प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ । उनको शनिबार भएको सडक दुर्घटनाको क्रममा घटनास्थलमै मृत्यु भएको हो ।

स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर–२ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रीत भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाको बारे अनुसन्धान शुरु गरेको बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्