Spread the love

काठमाडौं ।

विशेष अदालतले पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पौडेलमाथि सात दिन अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतको आदेशसँगै विभागले पौडेलमाथिको अनुसन्धानलाई निरन्तरता दिनेछ । अनुसन्धानका लागि थप समय आवश्यक परे हालको म्याद सकिएपछि विभागले पुनः विशेष अदालतबाट म्याद थपको अनुमति लिनुपर्नेछ । पार्टी कामकै सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई सदरमुकाम बिरेन्द्रनगर स्थित शुभ होटलबाट पक्राउ गरिएको थियो ।

पौडेललाई सोमबार नै सुर्खेतबाट कोहलपुरसम्म प्रहरीको गाडीमा र कोहलपुरबाट सार्वजनिक सवारीबाट सडकमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्