Spread the love

बुटवल, ७ असार ।
बुटवलमा सम्पन्न चौथो वडा कप यु–१३ (छात्र/छात्रा) टेबलटेनिस प्रतियोगिता २०८३ मा छात्रतर्फ लुम्बिनी बोर्डिङ स्कुलका समयुग खड्गी तथा छात्रातर्फ गार्गीकी आस्था थापा विजेता बनेका छन ।

बुटवल उपमहानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा रुपन्देही जिल्ला टेबलटेनिस संघको आयोजनामा वडा कार्यालयको सभा हलमा भएको फाईनल खेलमा लुम्बिनी बोर्डिङ स्कुलका समयुग खड्गीले एभरेष्टका अग्रिम घिमिरेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । प्रतिस्प्रधात्मक खेलमा ११–७, ७–११, ११–५ र १६–१४ को अंक सहित जित निकाले । दीप बोर्डिङ्ग हाई स्कूलका यर्थात क्षेत्रीले एभरेष्टका आरोहन बिक्रम शाहलाई ९–११, ११–८ र ११–६ को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरे ।

छात्रातर्फ भने गार्गी एकेडेमीका आस्था थापा प्रथम भईन । गार्गीकै रितु सुनार द्वितीय र एमरेष्टकी यूनिक श्रीस र गार्गीकी जस्मिन जि.सी तृतीय भईन । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद ढकाल, वरिष्ठ फिजिसियन डा नन्दु पाठक, संघका अध्यक्ष एनबि क्षेत्री, संघका सचिव रमेश न्यौपानेले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रतियोगितामा प्रथम, द्धितिय र तेस्रो खेलाडीहरुलाई नगद ५, ३, २ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका उपाध्यक्ष महेश खनालले बताए । प्रतियोगितामा १० विद्यालयका ८० जना खेलाडीहरुले भाग लिएको संघका सचिव रमेश न्यौपानेले बताए ।

 

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्