Spread the love

काठमाडौं, ६ असार ।
३२ वर्षअघि हराएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मल्लकालीन आकाश भैरवका मुकुट स्वदेश फिर्ता भएको छ । अमेरिकाबाट कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत दुई वटा सो मुकुटहरु स्वदेश फिर्ता भएको हो । मूर्ति फिर्ता भएको खुशीयालीमा स्थानिय समुदायहरुले शुक्रबार विशेष पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ ।

स्थानीय भक्तजन, गुठीका प्रतिनिधि, संस्कृतिप्रेमी तथा सरोकारवालाहरू वि.सं. २०५१ सालतिर दोलखा बजारबाट चोरी भएका यी बहुमूल्य मुकुट हराएपछि चिन्तित बनेका थिए । आकाश भैरव दोलखाको धार्मिक आस्था, इतिहास र सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीक भएकाले मुकुट चोरी हुनु केवल एउटा वस्तु हराउनु मात्र नभई सम्पूर्ण समुदायको भावनामा चोट पुगेको ठानेको थियो ।

मुकुटहरू दोलखा फर्किएसँगै स्थानीयवासीहरूमा उत्साह र खुसीको माहोल छाएको छ । धेरैले यसलाई केवल सम्पदा फिर्ती नभई आफ्नो इतिहास, संस्कृति र पहिचानको पुनःस्थापना भएको रूपमा लिएका छन् । दशकौँदेखि हराएको अमूल्य सम्पदा आफ्नै भूमिमा फर्किनु दोलखाबासीका लागि गर्व र भावनात्मक क्षण बनेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्