Spread the love

बुटवल, ५ असार ।
बुटवलमा जारी सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि इकोब बि र सैनामैना बिचमा खेल हुने भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १५ को संरक्षकत्व तथा सृजना युवा क्लबको आयोजनामा शुक्रबार भएको पहिलो सेमीफाईनलमा इकोब बि ले सृजना युवा क्लबलाई १–० गोल तथा दोस्रो खेलमा सैनामैना–१ ले एड्रिक फुटसल बुटवललाई ४–१ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।

मुक्तिधाम खेलमैदान बुटवल १५ मा भएको पहिलो सेमीफाईनलमा इकोब बि का सुजल घले तथा दोस्रो खेलमा सैनामैनाका सदिप केसी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको संयोजक मनोज थापाले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष अध्यक्ष सुन्दर पौडेलले बताए ।

यसैगरि विधागत सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोररलाई समेत पुरस्कृत गरिने उनले बताए । असार ८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्