Spread the love

बुटवल, ६ असार ।
कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलबाट कक्षा १२ मा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल सहभागी १ हजार ५ सय ८९ विद्यार्थी मध्ये १ हजार ४ सय ३८ विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिए । उत्तीर्ण विद्यार्थीमध्ये १० जनाले ३ दशमलव ९ जिपिए भन्दा बढी ल्याएका छन ।

ब्रिजेश चौधरी, निश्चल जिसी र शिशिर मल्लले ३ दशमलव ९६ जिपिए ल्याउन सफल भएका छन् । विष्णु अधिकारी र सजल श्रेष्ठले ३ दशमलव ९४ जिपिए ल्याएका भए भने दिव्य ज्ञवाली र इशान ज्ञवालीले ३ दशमलव ९१ जिपिए ल्याएका छन् । आविष्कर श्रेष्ठ, रोशन खनाल र मोहनराज चौरसियाले ३ दशमलव ९ जिपिए ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन् ।

त्यसैगरी, ३ दशमलव ६० जिपिएमाथि ल्याई १ सय ९६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ३ दशमवल २ देखि ३ दशमलव ५९ जिपिए ल्याई ५ सय ६९ विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयमा ८ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा, कानुन, र मानविकी अन्तर्गत विभिन्न विषयमा पठनपाठन हुन्छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्