काठमाण्डौ ।
विश्व कपको बिहिबार बिहान भएको खेलमा विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डोले कप्तानी गरेको पोर्चुगललाई डीआर कंगोले १–१ को बराबरीमा रोकेको छ । विश्वकपमा यो नतिजासंगै पोर्चुगलका समर्थक निराश बनेका छन ।
निक्कै रोमाञ्चक खेलको छैटौं मिनेटमा पोर्चुगलका लागि पेड्रो नेटोको क्रसमा जाओ नेभासले हेडबाट सानदार गोल खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा कंगोका योएने बिसाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
५२ वर्षपछि विश्वकप खेलिरहेको कंगोले पोर्चुगल जस्तो बलियो टिमलाई बराबरीमा रोक्दै अंक बाड्न सफल भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















