Spread the love

बुटवल ।
पूर्वी पाल्पा समाज रुपन्देही ( बुटवल–रामपुर) को चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट वृन्दादेवी भट्टराई आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिहर भण्डारी, महिला उपाध्यक्षमा मञ्जु बास्तोला, महासचिवमा गणेश सेढाई, उपमहासचिवमा देवराज खनाल, सचिवमा ध्रुब कंडेल, कोषाध्यक्षमा लक्ष्मीदेवी अर्याल र सहकोषाध्यक्षमा खुमबहादुर राना चयन भएका छन् । यसैगरि सदस्यहरूमा लक्ष्मण कंडेल, मञ्जुश्री नेपाली, पिताम्वर राना, दामोदर घिमिरे, बाबुराम भण्डारी र गीता पराजुली पाठक रहेका छन् ।

पूर्वी पाल्पाका पाँच पालिकाबाट रुपन्देहीमा आएर बसोबास तथा व्यवसाय गरिरहेका व्यक्तिहरूलाई एकताबद्ध गर्दै समाजले सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको संस्थापक अध्यक्ष सुनिल श्रेष्ठले बताए । समाजबाट स्थापना गरेको छोरी शिक्षा अक्षयकोष, गरिब जेहेन्दार विद्यार्थी अक्षयकोष र विपद् व्यवस्थापन अक्षयकोषबाट नियमित सामाजिक कार्यमा संस्था अग्रसर रहेको छ । छोरी शिक्षा अक्षयकोषमा हालसम्म १० लाख रुपैयाँ संकलन भइसकेको उनले बताए । यसैगरि सबै सदस्यको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको र आगामी दिनमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना पनि रहेको उनले बताए ।

कार्यक्रमको पाल्पा क्षेत्र नं. १ का संघीय सांसद सन्दीप रानाले उद्घाटन गर्दै जहाँ रहे पनि आफ्नो ठाउँका लागि योगदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपाल, हिलपार्क परिषदका अध्यक्ष टंक पराजुली, बुटवल वडा नं. ८ का अध्यक्ष यज्ञ पंगेनी र समाजसेवी कृष्ण पाण्डेले समुदायमा समाजबाट नया र नमुना कामको थालनी भएको बताए ।

यसैबिच अधिवेशनका अवसरमा वरिष्ठ फिजिसियन डा.पुष्पराज जोशीले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए भने लुम्बिनी वाणिज्य क्याम्पसका सहप्राध्यापक रोमनाथ शर्माले क्षमता अभिवृद्धि विषयमा सहजीकरण गरे । निर्वाचन समितिका संयोजक दामोदर घिमिरे, अनन्त सिलवाल र सर्मिला बास्तोलाले नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरे । वि.सं. २०८० साल मंसिर ४ गते स्थापना भएको यस समाजमा हाल १२५ जना सदस्य आबद्ध छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्