Spread the love

बुटवल, ३ असार ।
बुटवलमा रगत अभाव भैरहेको बेला वेस्टर्न मेगा कलेज बुटवलले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान–जीवनदान, महादान” भन्ने मूल नारासहित कलेज परिसर ढवाहामा रक्तदान कार्यक्रम गरिएको हो ।

गर्मी मौसममा डेंगु, मलेरिया लगायतका रोगका कारण रुपन्देहीसहित देशभर रगतको अभाव बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको कलेजका प्राचार्य तथा अधिवक्ता किसु शर्माले बताए । विद्यार्थीहरुमा शैक्षिक विकाससँगै सामाजिक उत्तरदायित्वमा समेत अग्रसर गराउने गरि वर्षभरि नै विविध कार्यक्रम गर्दै आएको उनले बताए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक उषा खरेलले बताईन ।

कार्यक्रममा कलेजका अध्यक्ष मेघनाथ पन्थ, कलेजका प्राचार्य तथा अधिवक्ता किसु शर्मा, अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चा लगायतले रक्तदाताहरुलाई सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक–कर्मचारी तथा आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कलेजले हाल स्नातक तहमा चारवर्षे बिबिएस तथा बिएचएम र स्नातकोत्तर तहमा दुईवर्षे एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्