Spread the love

बुटवल, ३ असार ।
लुम्बिनीका निर्माण व्यवसायीहरूले आफ्नो पेशाको सुरक्षा सुनिश्चित गर्न, निर्माण सामग्रीको मूल्यवृद्धिअनुसार लागत समायोजन गर्न, योजनाको म्याद थप गर्न तथा सम्पन्न भएका योजनाको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । निर्माण क्षेत्र हाल विभिन्न समस्याबाट प्रभावित भएको भन्दै व्यवसायीहरूले निर्माण सामग्री, इन्धन तथा श्रम खर्चमा भएको वृद्धि अनुसार मूल्य समायोजन नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको बताएका छन् ।

उनीहरूले समयमै भुक्तानी नपाउँदा आर्थिक संकट झेल्नुपरेको र बैंक तथा वित्तीय संस्थाको दायित्व पूरा गर्न समेत समस्या भएको उल्लेख गरेका छन् । लुम्बिनी निर्माण ब्यवसायी संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन सम्मेलन गरि देशमा धेरै पटक राजनीतिक परिवर्तन भएपनि सरकारबाट निमार्ण ब्यवसायीको पक्षमा कुनै सम्बोधन नभएको उनिहरुले गुनासो गरे ।

कार्यक्रममा संघका सल्लाहकार जबिन कक्षपतिले सडक अनुगमनको क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निमार्ण ब्यवसायीको खुटटा भाच्नु भन्ने अभिब्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो अभिब्यक्तिबाट आफुहरु निमार्णमा जान असुरक्षा अनुभव भएको बताए । नेपालमा मात्र नभई भारत र चीनमा समेत मूल्यवृद्धि भएको उदाहरण पेश गर्दै अन्य देशमा राहतमार्फत मूल्य समायोजन गरेको उनले बताए । नेपालमा भने सरकारबाट कुनै योजना नल्याएको उनले दुखेसो गरे । बुटवलको राजमार्गदेखी गोलपार्कसम्मको डेढ किलोमिटर सडक निमार्णको ढिलाईबारे उनले अघिल्लो ठेकेदारबाट ठेक्का रद्य गर्दा ११ करोड भन्दा बढी जरिवाना तिर्नुपरेको बताए । दोस्रो पटक ठेक्का लागेर काम शुरु भएपनि अझै पनि काम पूरा गर्न स्थानिय सरकारबाट आवश्यक पहल नभएको दुखेसो गरे । नदीजन्य पदार्थको अभाव पुरा गर्नेतर्फ सरकारबाट सम्बोधन नभएको उनले दुखेसो गरे ।

अर्कोतर्फ यो सडकमा १८ देखी २० करोड रुपैया बराबरको काम सम्पन्न भएको भन्दै उनले ठेकेदार कम्पनी भने १२ करोड रुपैयाभन्दा बढी भुक्तानी नपाएको गुनासो गरे । पालिकाहरुबाट राष्ट्रिय गौरवका आयोजनालाईमात्र नदीजन्य पदार्थ उपलब्ध गराउने निर्णय गरिरहदा त्यहा संचालन भएको संघिय, प्रदेश, स्थानिय योजनाहरु पुरा गर्न कठिनाई भएको उनले बताए । सैनामैना नगरपालिकामा संचालन भएको एडिबिको परियोजनालाई तिनाउ गाउपालिकाबाट नदीजन्य पदार्थ ल्याउनुपर्ने बाध्यता चिर्ने गरि लाग्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष रमेश बेल्बासेले आफुहरु माग छिटोभन्दा छिटो पुरा गर्न आग्रह गरे । यो माग पुरा नभए काम ठप्प पार्ने उनले घोषणा गरे । निमार्ण ब्यवसायीहरुलाई काम गर्ने वातावरण नभएको उनले दुखेसो गर्दै कच्चा पदार्थको अभावसंगै कामदारको समेत ठूलो अभाव बजारमा रहेको बताए ।

कार्यक्रममा महासंघका केन्द्रिय पूर्वअध्यक्ष रबि सिहले वेतिथिको कारण निमार्ण क्षेत्रमात्र नभई सम्पूर्ण उद्योगधन्दा नै प्रभावित भएको दुखेसो गरे । सरकारसंग समन्वय गरेर सार्वजनिक खरिद ऐनको समस्यासमाधानको पहल गरेको भएपनि त्यो पूरा नभएको उनले गुनासो गरे । संसारभरि नै सफल भएका भारतिय, चाईनिज, युरेपियन, जापानिज निमार्ण कम्पनीहरु नेपालमा असफल भएको उनले उदाहरण दिए । वर्तमान सरकारले केही पहिले ऐन संशोधन गर्ने प्रयास गरेको भएपनि तैयारी नपुग्दा असफल भएको उनको तर्क छ ।

कार्यक्रममा संघका सचिव राजन ज्ञवालीले निमार्णको काममा नदीजन्य पदार्थ सबैभन्दा महत्वपूर्ण भएको भन्दै यसको अभावकै कारण धेरै काम पूरा हुन नसकेको बताए । लुम्बिनी प्रदेशमा अहिलेपनि ४०–५० अरबका विभिन्न ठूला योजनाहरुको काम भैरहेको भन्दै उनले नदीजन्य पदार्थको अभाव, मूल्यवृद्धिजस्ता कारणले समयमा नै पुरा हुने अवस्था नरहेको बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्