Spread the love

दाङ, ३ असार ।
सामाजिक सञ्जालमा एक युवतीलाई जंगलमा लगी खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले आइतबार उनकै घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका मगरको साथबाट प्रेगामेक्स १ ट्याब्लेट, ट्रमो ४१ ट्याब्लेट, एन्टीकोप २ ट्याब्लेट र नाईट्राजोन ५ ट्याब्लेट बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटमा परेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटनाबारे प्रहरीको ध्यानाकर्षण भएको र तत्काल अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्