बुटवल, ३० जेठ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाको आयोजनामा १५९ औ नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कालिका मानवज्ञान भुतपुर्व विद्यार्थी समाजको सहकार्यमा भएको कार्यक्रम उद्घाटन गर्दै बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले रक्तदानको महत्वबारे प्रकाश पारे । स्वयंसेवी रक्तदाता सहकारी संस्थाबाट ब्लड बैंक सञ्चालन भएमा बुटवल कालिका क्याम्पस सबै खालको सहयोग गर्न तयार रहेको समेत उनले बताए ।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३४ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तुल्सा न्यौपाने सिंहले बताईन ।
रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, नियमित रक्तदातालाई प्रोत्साहन गर्दै रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यका साथ संस्थाबाट नियमित रक्तदान कार्यक्रम गर्दै आएको समाजका अध्यक्षम कृष्ण चौहान क्षेत्रीले बताए । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले रक्तदान अभियानलाई निरन्तरता दिँदै समुदायमा मानव सेवाको भावनालाई विस्तार गर्ने विश्वास व्यक्त गरेको छ । कालिका मानवज्ञान भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष लक्ष्मण क्षेत्री, समाजको सदस्य जानकि नेपालले रक्तदानमा युवा सहभागिता बढाउन जरुरी रहेको बताए । ।




















