देवदह, २९ जेठ । लुम्बिनी निर्माण व्यवसायी संघका पदाधिकारीहरुले देवदह नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । निर्माण सामग्रीमा भएको निरन्तर मूल्यवृद्धि तथा लागत असन्तुलनका कारण निर्माण व्यवसायीहरू गम्भीर समस्यामा परेको भन्दै संघका अध्यक्ष रमेश बेल्बासे, सचिव राजन ज्ञवालीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउदै व्यवसाहीहरुले मूल्यवृद्धिको प्रत्यक्ष असर निर्माण व्यवसायीहरूमा परेको र समयमै मूल्य समायोजन तथा आवश्यक नीतिगत सहजीकरण नभए विकास निर्माणका काम प्रभावित हुने चेतावनी दिएका छन् ।
निर्माण क्षेत्रलाई बचाउन मूल्य समायोजन, भुक्तानी प्रक्रियामा सहजता तथा व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीहरूले माग गरेका छन् । व्यवसायीहरूको समस्या समाधानका लागि स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गर्न देवदह नगरपालिकासँग आग्रह गरेका छन् ।





















