Spread the love

बुटवल, २६ असार ।
पर्यटन तथा आतिथ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित वेस्टर्न मेगा कलेजले ३० दिने निःशुल्क सीपमूलक हस्पिटालिटी तालिम सञ्चालन गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको ‘३० दिने फ्री स्किल बेस्ड हस्पिटालिटी ट्रेनिङ’ मा रुपन्देहीका विभिन्न विद्यालयका करिब ५० जना विद्यार्थी सहभागी भएका छन्। सन् २०१३ देखि आतिथ्य व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको कलेजले व्यावहारिक तथा रोजगारमुखी सीप विकासमा जोड दिँदै आएको जनाएको छ ।

तालिममा मुख्य रूपमा तीन विषयलाई प्राथमिकता दिइएको छ। जसअन्तर्गत बेकरी एण्ड किचन, बारिस्टा तथा फुड एण्ड बेभरेज सर्भिस र गेस्ट ह्यान्डलिङ एण्ड हाउसकिपिङ समावेश गरिएको छ । पर्यटन तथा होटल उद्योगमा आवश्यक पर्ने आधारभूत सीप विकासमार्फत युवालाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ ।

कलेजका प्राचार्य अधिवक्ता किशु शर्माका अनुसार सहभागीका लागि निःशुल्क दर्ता, निःशुल्क प्रशिक्षण तथा तालिम सम्पन्न भएपछि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको छ। तालिम दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको बीएचएम संयोजक सेफ विकास खत्रीले जानकारी दिए ।

विद्यार्थीलाई अतिरिक्त सुविधाका रूपमा ‘फ्री रिफ्रेसमेन्ट’को व्यवस्था समेत गरिएको कलेजले जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्धनसहितको व्यावहारिक शिक्षामार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन तथा आतिथ्य उद्योगको रोजगारी बजारका लागि सक्षम बनाउने लक्ष्य कलेजको रहेको छ ।

नेपालको पर्यटन उद्योग विस्तारसँगै दक्ष जनशक्तिको माग बढिरहेका बेला यस्ता सीपमूलक तालिमले होटल, रेष्टुरेन्ट, क्याफे तथा अन्य सेवा क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्