Spread the love

बुटवल, २५ जेठ ।
तिलोत्तमाका नेवार समुदायका युवाहरुलाई लक्षित गरि १० दिने नेवारी पाक शिक्षा तथा युवा स्वरोजगार तालिम सञ्चालन हुने भएको छ । नेवाः देय् दबु, तिलोत्तमाको आयोजनामा जेठ २७ गतेदेखि असार ८ गतेसम्म तालिम सञ्चालन गरिने भएको हो ।

तालिममा सहभागीहरुलाई सेल रोटी, फिनी रोटी, बारा, चतामरी, समयबजी, भटमास साँधेको, आलु अचार, यःमरी लगायतका परम्परागत तथा आधुनिक नेवारी परिकारहरूको व्यावहारिक प्रशिक्षण सेफ राजु जोशीबाट दिईने नेवाः देय् दबु, तिलोत्तमाका अध्यक्ष दिनेश कक्षपतिले बताए । ‘नेवारी स्वाद, परम्परा र स्वरोजगार’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको तालिमबाट नेवारी खानाको मौलिक स्वाद, संस्कृति र पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखिएको उनले बताए ।

परम्परागत परिकारसँगै आधुनिक शैलीका नेवारी खानाका आइटमहरू पनि सिकाइने हुदा युवा वर्गको आर्कषण हुनेमा आशावादी रहेको उनले बताए । तालिमलाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने लक्ष्य रहेको बताउँदै उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारी तथा व्यवसायिक अवसरसँग जोड्ने समेत उनले बताए । नेवाः देय् दबु, तिलोत्तमाको सचिवालयमा हुने तालिममा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहनेछ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्