Spread the love

बुटवल, २५ जेठ ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनको रोटरी वर्ष २०२६–२७ को योजना कार्यशाला सम्पन्न भएको छ । क्लबको नया कार्यसमितिको जिम्मेवारी, वर्षभरि गरिने विभिन्न कार्यक्रमका बारेमा तयारी स्वरुप पाल्पामा दुई दिने कार्यशालामा कार्यक्रम गरिएको हो । कार्यशालामा रिजन लर्निङ सहजकर्ता राजेन्द्र लम्साल तथा रोटा क्विज क्षेत्रीय अध्यक्ष (रोटरी वर्ष २०२६–२७) उमेश आचार्यले सहजिकरण गरेका थिए ।

सहभागीहरूलाई नेतृत्व विकास, कार्यक्रम व्यवस्थापन, शैक्षिक गतिविधि सञ्चालन तथा रोटरी कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी विषयमा विस्तृत जानकारी दिईएको थियो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष नर बहादुर श्रीस र राजेन्द्र ढकालले क्लबमा आगामी वर्षका लागि आवश्यक शैक्षिक तथा संगठनात्मक तयारी सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वर्ष २०२६–२७ का अध्यक्ष धर्मदत्त ज्ञवालीले आगामी वर्षका गतिविधिहरूलाई थप प्रभावकारी र परिणाममुखी बनाउन यस प्रकारका प्रशिक्षण कार्यक्रमको महत्वपूर्ण हुने बताए ।

कार्यक्रम संयोजक शिव ज्ञवालीले क्लबलाई ब्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाउन जरुरी रहने भन्दै वर्षभरिका कार्यक्रमको यसपटक विशेष छलफल गरि योजना बनाउन आफुहरु सफल भएको बताए । कार्यशालामा क्लबको पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । यसैबिच टोलीले पाल्पाको पर्यटकिय क्षेत्रको अध्ययन अवलोकन समेत गरेका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्