बुटवल,१८पुस । आगामी फागुन २१ मा हुने निर्वाचनमा समानुपातिक तर्फको मतपत्रको रङ सेतो कागजमा कालो मसीले लेखिएको हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फ निर्वाचन लड्ने दलहरूले बन्दसूची बुझाएसँगै आयोग मतपत्र छपाइमा अगाडि बढेको छ ।
निर्वाचनमा समानुपातिक तर्फ ६४ दलले भाग लिँदैछन् । १० वटा दलले एकल चुनाव चिन्ह लिएकाले मतपत्रमा चुनाव चिह्न भने ५८ वटा मात्रै हुनेछ । प्रत्यक्षतर्फको मतपत्र छपाइको विषय आगामी माघ ९ गतेपछि मात्रै अगाडि बढ्ने प्रवक्ता भट्टराईले बताए ।




















