Spread the love

बुटवल, २२ जेठ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ बुटवलले गरेको परीक्षणमा रुपन्देहीमा बिक्रीका लागि ल्याइएको काउलीमा विषादीको मात्रा मापदण्डभन्दा बढी भेटिएको छ । कृषि विभाग अन्तर्गतको प्रयोगशालाले जेठ २२ गते सार्वजनिक गरेको परीक्षण नतिजाअनुसार रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट संकलन गरिएको एक नमुना काउलीमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष ४५ प्रतिशतभन्दा बढी रहेको पाइएको हो ।

परीक्षण प्रतिवेदनमा उक्त काउलीलाई ‘विसर्जन गर्ने’ भनिएको हुदा बिर्सजन गरिएको हो । अमर सब्जी पसलमा बिहान आएको २२ केजी काउली नष्ट गरिएको प्रयोगशालाका नाप्रास राजिव भण्डारीले खस्यौलीखबरलाई बताए । प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएको तरकारी उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने तथा ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने व्यवस्था छ ।

बजार अनुगमनका क्रममा संकलित ११ वटा तरकारी नमुनामध्ये १० वटा नमुना भने उपभोगयोग्य रहेको भण्डारीले बताए । परीक्षण गरिएका सिमी, भान्टा, काँक्रो, मेथी, बोडी, घिरौला, गाजर र भिण्डीलगायतका नमुनामा विषादीको मात्रा स्वीकृत सीमाभित्र पाइएको थियो । खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले किसान तथा व्यवसायीलाई विषादी प्रयोग गर्दा निर्धारित मापदण्ड पालना गर्न र उपभोक्तालाई ताजा तथा सुरक्षित तरकारी उपलब्ध गराउन सरोकारवाला निकायले आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्