बुटवल, १९ जेठ ।
जिल्ला ख्रीष्टियन समाज रुपन्देहीले सत्रौँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट होसन्ना चर्चका पास्टर अशोक कुमार शाक्यको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । यसैगरि समाजको उपाध्यक्षमा पा.प्रेम बहादुर क्षेत्री (तिलोत्तमा), उपाध्यक्ष पा. जिवन कौशल (देवदह), सचिव डि. मेघराज घिमिरे (बुटवल), कोषाध्यक्ष रुबेन चौधरी (शुद्धोधन), सहसचिव ए.राजकुमार भर (सियारी) सर्वसम्मत चयन भएका छन । यसैगरि प्रत्येक पालिका समाजको अध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको समाजका सचिव डि.मेघराज घिमिरेले बताए ।
जिल्लाभित्रका चर्च तथा ख्रीष्टियन समुदायलाई समन्वय गर्दै समुदायमा शान्ति, सद्भाव र नैतिक सन्देशसम्बन्धी कार्यक्रमका साथै विपद् वा आपतकालमा राहत तथा सहयोग अभियानलाई जोड दिने नवनिर्वाचित अध्यक्ष शाक्यले प्रतिवद्धता जनाए ।
यसअघि औपचारिक कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य यमु गैरे, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र खनाल, समाजका सल्लाहकार पास्टर हेमन्त बर्देवाले सामाजिक सेवा—विपन्नलाई सहयोग, राहत, स्वास्थ्य/शैक्षिक सहयोग गरेर समाज आफनो पहिचान बनाएको बताए ।
सामाजिक कार्य १६ पालिकाबाट समेटर समाज गठन भएको समाजको अध्यक्ष सुरज थापाले बताउदै आफनो कार्यकालमा भएका प्रगति वितरण पेश गरेका थिए । कार्यक्रममा धार्मिक, सामाजिक र राजनैतिक विश्लेषक डा.वि.पी. खनालले पवित्र बाइबल प्रवचन प्रस्तुत गरेका थिए ।




















