Spread the love

बुटवल, १९ जेठ ।
होटल पौवाको जनकपुरधाममा आफ्नो १९ औँ शाखाको उद्घाटन हुदैछ । सो अवसरमा आयोजना हुने तीन दिने वृहत् खाना महोत्सवमा बुटवल शाखाले विशेष सहभागिता जनाउने भएको छ । जेठ २२ गते हुने उद्घाटन समारोहसँगै आयोजना हुने महोत्सवमा बुटवल शाखाका अनुभवी सेफ टोलीले लुम्बिनी क्षेत्रका मौलिक स्वाद र पौवाका लोकप्रिय परिकार प्रस्तुत गर्ने तयारी गरेका छन् ।

होटल पौवा बुटवलका जनरल म्यानेजर प्रकाश घिमिरेले जनकपुरमा आयोजना हुन लागेको खाना महोत्सव केवल खानाको प्रदर्शनी मात्र नभई नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई जोड्ने महत्वपूर्ण अवसर भएको बताए ।

उनले बुटवल शाखाबाट विशेष परिकारसहित दक्ष सेफहरूको टोली जनकपुर जाने तयारीमा रहेको जानकारी दिँदै लुम्बिनी क्षेत्रको खानाको पहिचानलाई मधेश प्रदेशसम्म पु¥याउने लक्ष्य रहेको बताए । पौवाको प्रत्येक शाखाले आफ्नो क्षेत्रको स्वाद र विशेषता बोकेको हुन्छ । जनकपुरको खाना महोत्सवमा बुटवल शाखाले पनि लुम्बिनी क्षेत्रका मौलिक परिकार तथा पाहुनाले रुचाएका विशेष खानाका परिकार प्रस्तुत गर्नेछ ।

होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख बिष्णु भण्डारीले देशका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूको सहभागितामा आयोजना हुन लागेको महोत्सवले पौवाको सेवा, स्वाद र नेपालीपनलाई थप सशक्त रूपमा प्रस्तुत गर्ने बताए । उनका अनुसार उद्घाटनको अवसरमा आयोजना हुने तीन दिने खाना महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिनेछ । महोत्सवमा सहभागीले देशका विभिन्न क्षेत्रका खानाको स्वाद एकै स्थानमा अनुभव गर्न सक्नेछन् ।
जनकपुरधाममा सञ्चालनमा आएको होटल पौवाको नयाँ शाखा चारतारे स्तरको रहेको छ । होटलमा ६२ वटा सुविधासम्पन्न कोठा, स्विमिङ पुल, सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पा लगायतका सुविधा उपलब्ध छन् ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्र जनकपुरधाममा होटल सञ्चालनले मधेश प्रदेशको पर्यटन तथा आतिथ्य उद्योगको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

हाल होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुग्लिन, कालिञ्चोकलगायत विभिन्न स्थानमा सञ्चालनमा रहेका छन् । होटल पौवाले आगामी दिनमा देश तथा विदेशमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने रणनीतिअन्तर्गत ‘मिसन १००’ अभियानलाई अघि बढाइरहेको जनाएको छ ।
जनकपुरधाममा हुने खाना महोत्सवमा मधेश प्रदेशका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्