बुटवल,१९जेठ । बालबालिकाको हित तथा शिक्षा क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णयप्रति अभिभावक संघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्धारा जारी बिज्ञप्तिमा सरकारद्वारा लागू गरिएको दुई दिने सार्वजनिक बिदा अन्तर्गत आइतबार विद्यालय बन्द रहने निर्णयले बालबालिकाको सिकाइ प्रक्रियामा प्रत्यक्ष प्रभाव पारेको जनाएको छ ।
सरकारले यस विषयमा तत्काल पुनर्विचार गरी आइतबार नियमित रूपमा विद्यालय सञ्चालन हुने व्यवस्था मिलाउन बिज्ञप्ति मार्फत अनुरोध गरेको छ ।सघले विद्यालयमा नियमित उपस्थित भई अध्ययन, अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक अभ्यास तथा सामाजिक अन्तरक्रियामार्फत प्राप्त हुने ज्ञान, सीप र अनुभवबाट विद्यार्थीहरू वञ्चित हुन थालेकोमा दुख व्यक्त गरेको छ ।
विद्यालयमा बिताउने समय घट्दै जाँदा उनीहरूको सिर्जनात्मक क्षमता, पुस्तक अध्ययन गर्ने बानी, समूहमा सहकार्य गर्ने संस्कार तथा नेतृत्व विकासका अवसरहरू क्रमशः कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा शिक्षा क्षेत्रमा ३ प्रतिशत करको व्यवस्था तत्काल खारेज गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।





















