Spread the love

बुटवल, ११ जेठ ।
रुपन्देहीका उद्यमीहरुलाई एक दिने व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजना तथा रुपन्देही उद्योग संघको सहजिकरणमा बुटवलमा एक दिने उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालाको उद्घघाटन गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक बिकासका लागि घरेलु तथा साना उद्योगको प्रवद्र्धन र संरक्षण आवश्यक भएको कुरामा जोड दिए । आधुनिक प्रविधि र सञ्जालको उपयोगमा जोड दिदै उनले परम्परागन ढाँचामा गरिने उद्योग व्यवसायबाट प्रतिफल पाउन नसकिने धारण राखे ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीका वरिष्ठ शाखा अधिकृत मोहन परियारले सहजिकरण गर्दै उद्योग तथा व्यवसाय सञ्चालन पूर्व बनाउनुपर्ने कार्ययोजना र त्यस अनुसारको गतिविधिमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड, मणीग्राम शाखा प्रबन्धक सुरेन्द्र सिंह आलेले बैंकिङ क्षेत्रबाट उद्योग व्यवसाय सञ्चालनका लागि गरिने ऋण लगानी प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यशालामा उद्योग तथा व्यवसाय सञ्चालन गर्दा अवलम्बन गर्नु पर्ने कानुनी प्रक्रिया तथा राज्यले दिएका अनुदान एवं सेवाहरुको सहजीकरणका लागि गरिएका व्यवस्थाका बारेमा छलफल गरिएको र कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रमा उद्योग व्ययवसाय सञ्चालन गर्दै आएका महिला उद्योगी व्यवसायीहरु सहित ३ दर्जन बढी सहभागिता रहेको रुपन्देही उद्योग संघका कार्यकारी प्रमुख यादव प्रसाद भण्डारीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्