Spread the love

गुल्मी,११ जे । किवानिज क्लव अफ रुपन्देही लुम्बिनीले गुल्मीको सत्यवती गाउँपालिकाका दुई सरकारी बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री र पोशाक प्रदान गरेको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ब्लवले आफ्नो नियमित कार्यक्रम अन्तर्गत जुनिया माध्यमिक विद्यालय र हेमन्त आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री र पोशाक प्रदान गरेको हो ।

विद्यार्थीहरुमा नियमित पठनपाठनसंँगै अतिरिक्त ज्ञानको बिकासको लागि बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको क्लवका अध्यक्ष गोबिन्द भुसालले बताए । बालबालिकाको शैक्षिक सङ्गै अतिरिक्त क्षमताको बिकास गर्नका लागि क्लवले सुविधाको पहुँच भन्दा टाढा रहेका विद्यालय छनौट गरेर यस्ता कार्यक्रम संचालन गर्दै आएको क्लवका निर्वाचित उपाध्यक्ष निरन्जन धितालले बताए ।

क्लवका सस्थापक अध्यक्ष दिपेश शाही, निर्वाचित उपाध्यक्ष निरन्जन धिताल तथा सदस्यहरु हिम चापागाई, नारायण बहादुर पौडेल, शिव पाठक, नारायण पान्डे, बिष्णु पौडेल सहितको टोलि बिद्यालयमा पुगेर करिव २ लाख बरावरको शैक्षिक, खेलकुद तथा पोशाक प्रदान गरेको क्लवले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्