Spread the love

बुटवल, २१ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि सुनवल फुटबल क्लब, नवलपरासीले साविक विजेता देवदह ब्वाईजसँग प्रतिस्प्रर्धा गर्ने भएको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुनवलले आयोजक लखन ब्रदर्श युथ क्लब बुटवललाई पेनाल्टी शुटआउटमा पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।

निक्कै प्रतिस्प्रर्धात्मक खेलको निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा सुनवल ८–७ गोल अन्तरले विजयी बन्यो । खेलमा सुनवलका बिज्ञान गुरुङ म्यान अफ द म्याच घोषित हुदै पुरस्कृत भए । सुनवलले बैशाख २२ गते मंगलबार फाइनलमा साविक विजेता देवदह ब्वाईजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक राम थापाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्