Spread the love

बुटवल, १९ वैशाख । साविक विजेता देवदह ब्वाईज, देवदह रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा देवदहले चाँदनी युवा क्लब, दानापुरमाथि ६–० को एकतर्फी जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

देवदहको जितमा सुजित बुढाथोकीले दुई गोल गर्दा मिलन आले, सुरज चौधरी, आशमान थापा र बिकास राईले समान एक–एक गोल गरे । खेलमा देवदह ब्वाईजका सुजित बुढाथोकी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिता अन्तर्गत बैशाख २० गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवल र सुनवल फुटबल क्लब, सुनवल बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्