बुटवल, १९ वैशाख । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, दोभान पाल्पाको वार्षिक साधारण सभा तथा अधिवेसनबाट अरबिन्द पाण्डेयको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत समिति निर्वाचित भएको छ ।
शनिबार सम्पन्न अधिवेसनबाट उपाध्यक्ष शेरजंग थापा, सचिव बिष्णु प्रसाद पाण्डेय, सहसचिव कुमारी खड्का, कोषाध्यक्ष तोया लम्साल, सदस्यहरु राम बहादुर थापा, दुर्गा श्रेष्ठ, नयना क्षेत्री, कमल श्रेष्ठ, वर्षा रायमाझी, सन्तोष शेरचन, नारायण प्रसाद घिमिरे, चित्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले बताए ।
पारदर्शी गराउन हालको अवस्थालाई पालिकाबाट ७ जना र राजनितिक दलबाट ६ जनाबाट एकएक जना, पुजारीबाट २ जना र मनोनित २ जना गरि १७ सदस्यीय कार्यसमिति हुने ब्यवस्था रहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष कुमार शेरचनले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै आफनो कार्यकालमा भएका विकास निमार्णबारे प्रकाश पारे ।
कार्यक्रमको उद्घाटन गर्दै तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको पहिचानका रुपमा रहेको सिद्धबाबा धामलाई पर्यटनको आधारको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । मन्दिर ब्यवस्थापनमा कुनै पनि पदमा रहदा समयलाई विशेष महत्व हुने उनले बताए ।
कार्यक्रममा समितिका उपाध्यक्ष लाल बहादुर थापा, सल्लाहकार दल बहादुर गुरुङले धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्ने गरि योजना बनाउन सुझाव दिए ।
शुभकामना दिए । कार्यक्रममा कोषाध्यक्ष कुमारी खड्काले आर्थिक वर्ष ०८१÷०८२ मा आम्दानीतर्फ १ करोड ७ लाख रुपैया तथा खर्चतर्फ ९६ लाख रुपैया भएको बताईन ।





















