Spread the love

बर्दघाट, १३ बैशाख ।
पालडाँडा कप फुटबल प्रतियोगिता २०८२ को आयोजनामा ६८ हजार रुपैया घाटा भएको छ । सगरमाथा सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा माघ १० गतेदेखी १९ गतेसम्म भएको प्रतियोगितामा ब्यवस्थापन खर्च बढ्दा घाटा भएको आईतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष गँगा बहादुर भण्डारीले प्रतियोगितामा कुल अम्दानी १० लाख ३६ हजार ५ सय ३८ रुपैया र खर्च भने ११ लाख ५ हजार २ सय ९० रुपैया भएको विवरण प्रस्तुत गरे । ‘हामीलाई करिव ६८ हजार रुपैया घाटा लागेको छ ।’– अध्यक्ष भण्डारीले भने । बर्दघाट नगरपालिका र वडा नम्बर ५ को ५ लाख १७ हजार रुपैया सहयोग तथा मुख्य प्रायोजकबाट १ लाखसहित अन्य सँघसँस्था र खेलप्रेमीहरुबाट ४ लाख १८ हजार रुपैया आम्दानी भएको उनले बताए ।

प्रतियोगिता सँचालन गर्दा आम्दानी भन्दा खर्च बढि भएपछि उठ्न बाँकी रकमबाट घाटा पूर्ति गरिने आर्थिक सँयोजक चन्द्र गुरुङले जानकारी दिए । भारत मणिपुर लगायत नेपालका विभिन्न जिल्लाबाट टिमहरुले प्रतियोगितामा भाग लिएको र उनीहरुको यातायात एवम् आवासमा आँकलन भन्दा धेरै खर्च हुँदा प्रतियोगिता घाटामा सँचालन गर्नुपरेको उनको बताए ।

यातायात, पुरस्कार, खेलाडी ब्यवस्थापन र रेफ्रिहरुमा ठुलो रकम खर्च भएको खेल सँयोजक खड्क सिँह पुनले बताए । विजेता टोलीलाई २ लाख १ हजार र उपविजेतालाई १ लाख ५ सय पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता सँचालनकै कारण मैदानको स्तरोन्नती हुन सहयोग पुगेको छ । आगामी वर्षहरुमा स्थानिय खेलाडी उत्पादन गर्ने गरि प्रतियोगिता सँचालन गर्नेतर्फ अध्ययन र छलफल भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्