Spread the love

पाल्पा, ११ वैशाख ।
पाल्पा, तिनाउ गाउँपालिका वडा नं.१, झिंगामाराको सरस्वती आधारभूत विद्यालयको ब्यवस्थापन समिति पुनर्गठन भएको छ । विहिवार विद्यालय परिसरमा बसेको अभिभावक भेलाले भागिरथी सुस्लिङको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । जसको सदस्यहरुमा सरिता ढेगा, इन्दिरा राना, गंगा थापा, धना राना र नारायण खड्का निर्वाचित भएका छन ।
बिसं २०२७ सालमा स्थापित विद्यालय ग्रामीण क्षेत्रमा रहेर शैक्षिक जागरण ल्याउन सफल भएपनि पछिल्लोसमय बढ्दो बसाइसराइँले विद्यार्थीको अभाव देखिदै आईरहेको छ । विद्यालय सञ्चालन र व्यवस्थापनमा समस्या र चुनौती थपिएको परिस्थितिमा समेत विद्यालयको सुधार गर्न आफू विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्न आईपुगेको अध्यक्ष सुस्लिङले बताईन । आफ्नो समूहले सक्दो प्रयास र अभ्यास गरेर विद्यालयलाई नमूना बनाउने अठोट समेत लिएको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्