Spread the love

बुटवल, ९ वैशाख ।
खेलमार्फत खेलाडीहरूको सीप, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उदेश्यका साथ बुटवलमा जिल्लास्तरीय तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल तेक्वाण्डो डोजाङको आयोजनामा वैशाख ११ र १२ गते दुई दिने चौथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता हुने आयोजक डोजाङका अध्यक्ष मदन थापा मगरले बताए । जिल्ला खेलकुद विकास समितिको मैदानमा हुने प्रतियोगितामा पुम्से र फाईट गरि दुई विधा खेल हुने उनले बताए ।

फाईट तर्फ छात्राहरु २० देखि ५७ केजी तौल समुहका १२ वटा र छात्रहरु २० देखि ५९ केजी तौल समुहका १२ समुह हुन्छ । यसैगरि पुम्सेतर्फ एकलमा १० वर्ष मुनि, १२ वर्षमुनि, १५ वर्षमुनि र १८ वर्षमुनि गरि चार उमेर समुहमा तथा समुहगततर्फ १२ वर्ष र १८ वर्षमुनि गरि दुई उमेर समुहमा खेलाईने संयोजक सुभाष डंगोलले बताए । रुपन्देही जिल्लाका दुई दर्जन बढी डोजाङका २ सय बढि खेलाडीहरु सहभागी हुने प्रतियोगितामा कुल पाँच लाख खर्च हुने आयोजकको अनुमान छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्