Spread the love

बुटवल, ९ बैशाख ।

जन्मदिनमा विभिन्न सामाजिक कार्य गर्ने पछिल्लो चलन छ । कतिपयले अनाथ, अपाङ आश्रममा भोजन खुवाउने, खाद्यान्न सहयोग गर्ने गर्दछन । सोमबार भने नया र नौलौ संदेश दिनेगरि बुटवलका सामाजिक युवा अभियन्ता चिरन क्षेत्रीले आफ्नो जन्मदिन मनाए । अक्षय तृतियमा परेको आफनो जन्मदिनमा उनले भजन–किर्तन, आरती तथा सातु वितरण गरेर मनाए ।

युवा पुस्तामा धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति चासो बढाउने गरि सन्देश प्रवाहका रुपमा कार्यक्रम गरेको उनको दाबी छ । शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रको गेटमै महाभैरव भजन तिलोत्तमाको संयोजनमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागितामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागीहरु भजन गाउने र नाच्ने गरेका थिए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्