काठमाण्डौ ।
बिहारमा राजनीतिक सत्ता परिवर्तन भएको छ । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)का नेता सम्राट चौधरीले मुख्यमन्त्रीका रूपमा सपथ लिएका छन् । नयाँ मुख्यमन्त्री चौधरीले पदभार ग्रहण गरेसँगै लामो समयदेखि बिहारको राजनीतिमा प्रभाव जमाउँदै आएका पूर्व मुख्यमन्त्री नितीश कुमारको राजनीतिक युगको औपचारिक अन्त्य भएको छ ।
एनडीएको समर्थनमा गठन भएको नयाँ सरकारले स्थायित्व, विकास र सुशासनलाई प्राथमिकतामा राख्ने जनाएको छ । चौधरीले सपथपछि दिएको संक्षिप्त प्रतिक्रियामा जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उता, नितीश कुमारको नेतृत्वमा लामो समयसम्म चलेको शासनले बिहारको राजनीतिमा महत्वपूर्ण प्रभाव छोडेको विश्लेषकहरूको भनाइ छ । नयाँ नेतृत्वसँगै राज्यको राजनीतिक समीकरणमा परिवर्तन आउने अपेक्षा गरिएको छ ।




















