Spread the love

भैरहवा, ३ बैशाख ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चैत महिनामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने क्रममा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । बुधबार सार्वजनिक गरिएको प्रेस विप्ती अनुसार एक महिनाको अवधिमा विभिन्न प्रकृतिका कुल १९९ मुद्दा दर्ता भएका छन् भने २२१ जना प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ज्यानसम्बन्धी १७, आत्महत्या २०, चोरी ९, संगठित तथा आर्थिक अपराध ७२, सामाजिक अपराध ५५, महिला तथा बालबालिका सम्बन्धी ११ र सवारीसम्बन्धी १५ मुद्दा दर्ता भएका छन्। फैसला कार्यान्वयनतर्फ ९६ जना फरार प्रतिवादी पक्राउ गरी ४२ लाख ४२ हजार १९१ रुपैयाँ जरिवाना असुल गरिएको छ भने २८ वर्ष ७ महिना ५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ ।

महिला तथा जेष्ठ नागरिकसम्बन्धी तथ्याङ्कअनुसार घरेलु हिंसाका ८८ उजुरीमध्ये ८० मिलापत्र गरिएका छन् । हराएका १०३ जनामध्ये ५५ जना फेला पारिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रणतर्फ १२ मुद्दा दर्ता गरी १९ जना पक्राउ गरिएको छ । विभिन्न प्रकारका लागुऔषध एम्पुल, ट्याब्लेट तथा ब्राउन सुगर समेत बरामद गरिएको छ । त्यस्तै, आत्महत्या सम्बन्धी २० घटनामा अधिकांश झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।

मुख्य घटनामा लागुऔषधसहित पक्राउ, कर्तव्य ज्यान मुद्दाका बाल अभियुक्त नियन्त्रण, यातायात तथा नापी कार्यालयमा बिचौलिया पक्राउ, अनलाइन सट्टेबाजीमा २० जना पक्राउ लगायतका घटनाहरु रहेका छन् ।

यातायात दुर्घटनातर्फ १६७ दुर्घटनामा १४ जनाको मृत्यु र २६१ जना घाइते भएका छन् । चेकजाँचबाट ५५ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

भन्सार छली नियन्त्रणतर्फ २ करोड ६० लाख रुपैयाँभन्दा बढीको अवैध सामग्री बरामद गरिएको छ भने ३२ जना पक्राउ परेका छन् । प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ १९ सवारी साधन नियन्त्रणमा लिई १० लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको छ ।

प्रहरीले समुदायस्तरमा ७० सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ हजारभन्दा बढी नागरिकलाई सहभागी गराएको जनाएको छ । साथै, ३२ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र नागरिक सहायता सेवा थप प्रभावकारी बनाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्