बुटवल, ३ चैत ।
नेवारी संस्कृति जगेृना गर्ने उदेश्यका साथ बुटवलमा एक महिने बाद्यबादन तथा नेवारी खानाका परिकार बनाउने तालिम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग, नेवा देय दबू तथा नेवा मिसा दबू बुटवल नगर समितिको आयोजनामा बुधबार देखी बासुरी र मादल लगायतका बाद्यबादन तथा नेवारी रोटीका परिकार बनाउने प्रशिक्षण शुरु भएको हो ।
नया पुस्तामा लोप हुदै गएको नेवारी संस्कृति र संस्कारलाई जर्गेनामा संस्था निरन्तर लागेको नेवा देय दबू बुटवल नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठले बताए । वार्षिक कार्ययोजना अनुसार संस्थाका सदस्यहरुलाई क्षमता विकास गर्दै शसक्त बनाउने गरि विभिन्न कामहरु गर्दै आएको उनले बताए ।
बाद्यबादनतर्फ प्रशिक्षक मोहन दलार्मीले मादल र बासुरी बजाउन ३० दिने र नेवारी खाना परिकारतर्फ लाखामारी, कौडा रोटी बनाउन ३ दिने तालिम दिने छन । तालिममा २५/२५ जना सहभागी रहेका छन ।
कार्यक्रममा संस्थाका सल्लाहकार राजकुमार श्रेष्ठले नेवारी भाषा बचाउने गरि तालिम जोड्न र रचनात्मक कामलाई निरन्तरता दिन सुझाव दिए ।





















