Spread the love

बुटवल, २ वैशाख । बुटवलमा “स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी २०८३” आयोजना गरिने भएको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजार संयोजनमा प्रदर्शनी हुन लागेको बुधबार बुटवलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

विश्व सम्पदा दिवसको अवसर पारेर “हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान– स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नारासहित आगामी वैशाख ५ गतेदेखि  प्रदर्शनी सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादनका करिब ५० वटा स्टल, मौलिक खाना परिकार, झाँकी तथा सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम संयोजक रेवन्त बहादुर विश्वकर्माले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका ६, ट्राफिकचोक नजिक पुरानो फिल्महल परिसरमा प्रदर्शनी हुनेछ । प्रदर्शनीमार्फत लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा टेवा पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

पत्रकार सम्मेलनमा स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा. मानबहादुर विश्वकमा, खस्यौली बजारका व्यवस्थापक समुन्द्र घिमिरेले, आदिवासी जनजाति महासंघ बुटवल नगर समन्वय समिति अध्यक्ष अरुणप्रसाद श्रेष्ठ, आदिवासी जनजाति महासंघ रुपन्देही जिल्ला परिषद उपाध्यक्ष इन्द्र राइ लगायतले बोल्दै प्रदर्शनीले परम्परागत रैथाने वस्तुको संरक्षण तथा प्रबद्र्धनमा सहयोग र देशको अर्थतन्त्रमा योगदान पु¥याउने भएकाले यसको संरक्षण र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्