बुटवल, २ बैशाख ।
‘हिमालको चेतना, विश्वको आरोग्य’ नारासहित नुवाकोटमा बुधबार योगअभ्यास कार्यक्रम गरिएको छ । नुवाकोट विकास समितिको आयोजनामा जारी प्रथम नुवाकोट महोत्सव २०८३ को अन्तरगत दोस्रो दिन अन्तराष्ट्रिय आरोग्य दिवसको अवसरमा योगअभ्यास गरिएको हो ।
आरोग्य मिलन जिवन योग प्रयोगशाला बुटवल–१३, रुपन्देहीको आयोजनामा गरिएको कार्यक्रममा स्थानिय बासिन्दाहरु योग अभ्यासमा सहभागी भएका थिए । दिवसको अवसरमा विशेष कार्यक्रम गरिएको प्रशिक्षक गमला नेपालले बताईन । बुटवलका १७ वटा वडाहरुमा संस्थाबाट प्रयोगशालामार्फत योग सिकाईदै आएको उनले बताईन । संस्थाबाट निशुल्क जीवनउपयोगी योग प्रशिक्षण दिदै आएको उनले बताईन । विद्यालयहरुमा समेत बालबालिकाहरुलाई प्रशिक्षण दिने काम भएको उनले बताईन । स्थानियहरुको माग भए नुवाकोटको पर्यटन विकास हुने गरि योग दिन तयार रहेको उनले बताईन ।
कार्यक्रम संयोजक माधव प्रसाद नेपालले नुवाकोटको पर्यटनमा टेवा पुग्ने गरि आगामी दिनमा आरोग्य पर्यटन विकास हुने गरि अभियानमा जोड्ने बताए ।
कार्यक्रममा तिनाउ गाउपालिकाका वडा नं २ का वडा अध्यक्ष यादव अर्याल, समितिका संस्थापक अध्यक्ष भोज प्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक माधव प्रसाद नेपाल लगायत ३ दर्जन बढी सहभागी रहेका थिए ।


















