बुटवल, २३ चैत । भारतको विहारस्थित पटनामा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष तथा तन्त्र सम्मेलनमा गुल्मीको रेसुङ्गाका कान्छा ज्योतिष चुरामणी पाण्डे सम्मानित भएका छन् ।
कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि. का संस्थापकसमेत रहेका पाण्डेलाई उक्त कार्यक्रममा प्रमुख अतिथि ग्रामीण कार्य विभागका मन्त्री डा. अशोक चौधरीले सम्मान प्रदान गरेका थिए ।
सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। झण्डै एक दशकदेखि ज्योतिष, वास्तु तथा तन्त्र क्षेत्रमा सक्रिय पाण्डेले निरन्तर सेवा प्रदान गर्दै आएका छन्। उनी विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा पनि आवद्ध रहँदै आएका छन्।





















