बुटवल, २३ चैत । थारु अदिवासी तथा जनजाति समुदायका लागि नेतृत्व विकास तालिम सोमवारदेखि तिलोत्तमा नगरपालिकाको वडा नं.१३ मडाह गाउँमा सुरु भएको छ ।
तालिमको आज एक कार्यक्रका बिच उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नं.१३ का वडाध्यक्ष नारायण ढकालले आदिवासी जनजाति को क्षमता विकास गर्नका लागि आफ्नो वडा कटिबद्ध रहेको र सोही अनुसारको वजेटिङ्ग गरिएको बताए ।
उनले संविधानले व्यवस्था गरे अनुसार समावेशिता र पहुँचको अवसरले नै जनजातिहरु अघि बढ्न सम्भव भएको बताए । तालिममा नेतृत्वकला, उद्यमशीलता, बैठक व्यवस्थापन,प्रतिवेदन लेखन, उद्घोषण एवम् भाषणकला र क्षमता अभिवृद्धि सम्बन्धि विषयवस्तुमा दलबहादुर गुरुङ,गीतारानी बलाल र मन थापाले सहजीकरण गर्दै आईरहेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा वडाभित्र रहेका आदिवासी ६० जना जनजातिहरुको सार्थक सहभागिता रहेको छ ।





















