Spread the love

बुटवल, २१ चैत ।
नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशको छैठौ वार्षिक साधारण सभा रुपन्देहीमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच नेपाल औषधी ब्यवसायी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले शनिबार तिलोत्तमा नगरपालिकामा उदघाटन गर्दै औषधी ब्यवसायको समस्या समाधानमा सरकार गम्भिर बन्नुपर्ने बताए । नीतिगतसंगै खुला सिमानाका समस्याहरुका कारण पिडामा रहेको ब्यवसायीहरुको पक्षमा सरकारको ध्यान जान नसकेको उनले दुखेसो गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै रचनात्मक र त्रैवार्षिक कार्ययोजना निर्माण गर्दा सफलता हासिल भएको बताए । सरकारका विभिन्न निकायहरु बिचमा समन्वय अभावमा बजारमा न्युट्रासेट्रिकल्स र फुड सब्लिमेन्ट, डर्मा प्रडक्टको बिगबिगी बढेको उनले बताए । आर्थिक लाभका लागि सबैकुरा जायज मान्ने प्रवृत्ति बढिरहेको उनले बताए । स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासन, जनस्वस्थ्यका विभिन्न विधाको माध्यमबाट स्वास्थ्य सेवा पुर्याईरहेको स्वास्थ्यकर्मीहरुमा पनि उत्तरदायित्व र जवाफदेहितामा न्युनता देखिएको उनले बताए ।

नेपाली औषधी उदोगलाई धराशायी पार्न, ब्यवासायीहरुलाई लान्छना लाग्ने उपभोक्तालाई खोक्रो बनाउने काम भएको प्रति सरकार एवं औषधी ब्यवस्था विभागको गम्भिर ध्यानाकषर्ण गराउदै आएको उनले बताए । प्रदेशमा १२ जिल्लामा प्रत्येक ३ महिनामा घुम्ति बैठक चलाउने जस्ता अभियान भएको छ ।

कार्यक्रममा महासचिव प्रकाश ज्ञवालीले संघको प्रगति प्रतिवेदन पेश गर्दै त्रैवारषिक कार्ययोजना, नेतृत्व विकास र कार्यालय ब्यवस्थापन, नियमित बैठक, घुम्ति बैठक, नया कार्यालय भवन निर्माण गर्ने जिल्ला शाखालाई समेत १ लाख रुपैया सहयोग जस्ता कामहरु गरिएको बताए ।

कार्यक्रममा कार्य सम्पादनका आधारमा ३ वटा जिल्लालाई सम्मान गरिएको छ । जसमा सर्वोत्कृष्ट शाखा रुपन्देही, उत्कृष्ट शाखा दाङ र सान्त्वना शाखा बाकेलाई सम्मान गरिएको शाखा मुल्याकन समितिका संयोजक डा. बाबुराम भट्टराईले बताए । यसैबिच विभिन्न जिल्लाहरुको भित्तेपात्रो विमोचन समेत गरिएको छ । यसैगरि अर्घाखाची शाखाको भवन निर्माणमा सहयोग गरेका समाजसेवी दल बहादुर केसीलाई सम्मान गरिएको छ ।

कार्यक्रमममा संघका पूर्व केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ, प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवाली, पाल्पा शाखाका अध्यक्ष समिरमान सिह, रुपन्देही शाखाका अध्यक्ष खडग बहादुर बस्नेत, रोल्पाका अध्यक्ष शिव प्रसाद आचार्य, गुल्मीका अध्यक्ष फर्सुराम पाण्डे, अर्घाखाचीका अध्यक्ष रामप्रसाद अधिकारी, नवलपरासीका अध्यक्ष डा.हेमन्तराज न्यौपाने, कपिलबस्तु शाखाका मानुल्लाह खाँ, दाङका विष्णु प्रसाद पौडेल, प्युठानका अध्यक्ष भगत बहादुर कर्माचार्य, बाकेका अध्यक्ष जयदेव अवस्थी, बर्दियाका अध्यक्ष सुरेश कुमार रेग्मी लगायतले औषधी ब्यवसायमा देखिएका समस्या र यसको समाधानका लागि संस्थागत रुपमा पहल गर्ने बारे सुझावहरु पेश गरेका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्