पाल्पा, ९ चैत। पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर बेपत्ता भएका दुई भारतीय किशोर मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान अन्सारी र फहरान अन्सारीको शव सोमबार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार अमान असन्सारीको शव सोमबार बिहान करिब १०:१५ बजे घटनास्थलबाट करिब १ सय मिटर तल र फहरान अन्सारीको शव दिउँसो करिब ४ बजे घटनास्थलभन्दा करिब १५० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
दुवै किशोर आइतबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















