बुटवल, ७ चैत ।
शनिबार कपिलबस्तु झडपमा चोट बोकेका कपिलबस्तुका ५० वर्षिय राम दयाल कुर्मी बुटवलमा उपचार गराउदै छन । देब्रे टाउकोमा इटाको चोटसहित उनलाई शनिबार दिउसो साढे १ बजे बुटवलको चौराहा अस्पतालमा भर्ना गरिएको हो । सिटि स्क्यान गरेर हेर्दा सामान्य देखिएको उपचार संलग्न चिकित्सकले बताए । उनको घाटीमा भने केही समस्या देखिएको छ ।
उनको छेउकै बेडमा २ वर्षकी हलिमा खातुन पनि उपचारमै छिन । झडपमै परेकी महाराजगंज–२, बर्गदवाकी अफसाना दुनिया छोरीलाई एम्बुलेन्समा लिएर बुटवल उपचार गराउन आएको बताईन । बालिकाको टाउकोमा ईटटाको चोट लागेर १३ वटा टाका लगाईएको छ । चिकित्सकका अनुसार अहिले स्वस्थ्य अवस्था सामान्य रहेको र २४ घण्टा निगरानीमा राख्ने बताए । कुर्मी र खातुन एउटै ठाउका हुन । सर्वसाधारण उनिहरु शनिबारको दंगामा घाईते भए । अहिले एउटै अस्पतालमा उपचारमा छन ।
घाईते कुर्मीका अनुसार शुक्रबार राती नजिकको हिन्दु मन्दिरमा माईक बजाईएको साथै सोही समयमा मस्जिदमा आतिसबाजी पनि भएको बताउछन । बिहान केही मुश्लिम समुदायका मानिसहरु हिन्दु मन्दिरमा बनाइृएका हात्तिका मुर्तिहरु फोडेको देखेको उनले भने । ‘म चोकको नजिक बसिरहेको थिए ।’–उनले भने । भिड आएर एकाएक उनिहरुलाई ढुगा र इटटाले हान्न लागेको उनले सुनाए । ‘त्यो सानो बच्ची दीदीसंग पसलमा सामान किन्दै गरेको देखेको थिए ।’–उनले भने । हुलदंगा गर्नेहरु भने गायब भएको उनि बताउछन ।
टाउकोमा चोट लिएकी छोरीको उपचारमा रहेकी आमा अफसाना दुनियाले रातीबाट नै हल्लाखल्ला भएको बताईन । ‘बर्गदवामा राती निक्कै आतिसबाजी भएको थियो ।’–उनले पनि भनिन । १० वर्षकी ठूली छोरी र २ वर्षको सानी छोरी बाबालाई पान किन्न पसल भएको बेला एक्कासी यस्तो घटना घटेको बताइन । ‘बाबाको लागि पान किन्न गएकी छोरी घाईते अवस्थामा भेटे ।’–उनले भनिन । त्यहाको अस्पतालमा टाका लगाएर बुटवलमा पठाएको उनले बताईन ।
जिल्लाको महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यही नजिक रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच विवाद हुँदा उग्ररूपमा लिएको थियो । विवादपछि दुई समुदायबीच ढुंगा हानाहानसमेत भएको थियो ।
घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् । स्थानीय प्रशासन २०२८ को दफा ६ को ३ क बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आदेश उल्लघंन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गरिने निमित्त प्रजिअ घिमरेले बताए ।






















