Spread the love

कपिलबस्तु,७ चैत । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकाको बर्गदा क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।नगरपालिकाको पूर्व बर्गदी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो ।

नगरपालिकाको बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ । शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यही नजिक रहेको मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच विवाद भएको थियो ।

घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म सो स्थानमा भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्