काठमाडौं,१चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फका ५७ जना सांसदको नामावली निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
आईतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली निर्वाचन आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1


















