Spread the love

काठमाडौं,१चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फका ५७ जना सांसदको नामावली निर्वाचन आयोगमा सिफारिस  गरेको छ ।

आईतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली निर्वाचन आयोगमा सिफारिस  गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्