Spread the love

काठमाडौ, २८ फागुन ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् । बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन् । उप्रेती यसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा पिएलओ ग्रुपका निर्देशक हुन ।

पदभार हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष चौधरीले नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनका लागि उप्रेतीको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा संस्थालाई उद्देश्य, विधान र मूल्य–मान्यताअनुसार अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।

यसैबीच उप्रेतीले महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । यसैगरि लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्यमा गणेश भट्टराई मनोनित भएका छन ।

नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णयसमेत गरेको जनाएको छ । साथै आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्