Spread the love

काठमाडौं, २८ फागुन ।
नेपाल आयल निगमले एलपी ग्यासको माग अत्यधिक बढेपछि आपूर्ति व्यवस्थापन सहज बनाउन ७.१ किलोग्राम ग्यास भरि आधा मूल्यमा सिलिण्डर बिक्री गर्ने निर्णय गरेको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्लो दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको माग उच्च देखिएको छ । यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परिरहेको निगमले जनाएको छ ।

भारतमा समेत उपभोक्ताले एलपी ग्यास प्राप्त गर्न समस्या देखिन थालेको विषय सञ्चार माध्यममा आएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले उल्लेख गरेको छ ।

हालको परिस्थितिलाई ध्यानमा राख्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो । निगमका अनुसार २०८२ मंसिर २९ गतेदेखि लागू हुने गरी ७.१ किलोग्राम क्षमताको एलपी ग्यास सिलिन्डर प्रति सिलिन्डर आधा मूल्य अर्थात् ९५५ रुपैयाँमा बिक्री वितरण गरिनेछ । निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न आग्रह गरेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्