काठमाण्डौ ।
ब्लुम्बर्ग बिलेनियर इन्डेक्स अनुसार विश्वका सबैभन्दा धनी १० व्यक्तिमध्ये ९ जना प्रविधि उद्योगका अर्बपति छन् । विश्वका अर्बपतिहरुको सम्पत्तिको रियल टाइम जानकारी र सम्पत्तिको लेखाजोखा गर्ने सूचकांकको पहिलो नम्बरमा एलन मस्क छन । उनि स्पेस एक्स, टेस्ला तथा एक्स कम्पनीका मालिक एलन मस्कको कूल सम्पत्ति ४ खर्ब ७२ अर्ब डलर रहेको छ । उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन् ।
यसैगरि दोस्रो स्थानमा ल्यारी एलिसन छन । जो अमेरिकी प्रविधि कम्पनी ओरेकलका संस्थापक एलिसन कूल सम्पत्ति ३ खर्ब ४२ अर्ब डलर सहित ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको दोश्रो स्थानमा छन् । त्यसपछि फेसबुकका संस्थापक तथा मेटाका सिइओ मार्क जुकरबर्ग तेस्रो नम्बरमा छन । उनको कूल सम्पत्ति २ खर्ब ६४ अर्ब छ ।
यसैगरि विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनका संस्थापक जेफ बेजोस विश्वका धनाढ्यहरुको सूचीमा चौथो स्थानमा रहेका छन् । उनको कूल सम्पत्ति २ खर्ब ५२ अर्ब छ । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको सूचीमा पाँचौँ स्थानमा ल्यारी पेज रहेका छन् । गुगलका सह सस्थापक ल्यारी पेजको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर रहेको छ ।
गुगलका अर्का संस्थापक सेर्गेइ ब्रिन कूल सम्पत्ति २ खर्ब १८ अर्ब डलर सहित ब्लूम्बर्ग बिलेनियर इन्डेक्सको छैटौँ स्थानमा छन् । फ्रेन्च अर्बपति बर्नाड अर्नल्ट ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको टपटेनभित्र पर्न सफल एकमात्र त्यस्ता व्यक्ति हुन् जो प्रविधि उद्योगसँग सम्बन्धित छैनन् ।
विश्वका अर्बपतिको सूचीमा सातौँ स्थानमा रहेका उनको कूल सम्पत्ति १ खर्ब ९७ अर्ब डलर रहेको छ । उनी विलासिताका वस्तु उत्पादन गर्ने कम्पनी एलभिएमएसका सिइओ हुन् । विश्वको सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टका पूर्व सिइओ रहेका स्टिभ बाल्मर अर्बपतिको सूचीमा ८ औँ नम्बरमा छन् । उनको कूल् सम्पत्ति १ खर्ब ८६ अर्ब डलर रहेको छ ।
चिपमेकर कम्पनी एनभिडियाका सिइओ जेन्सेन हुआंग कूल १ खर्ब ७४ अर्ब डलर सम्पत्ति सहित अर्बपतिको सूचीमा नबौँ स्थानमा छन् । कम्प्युटर निर्माता कम्पनी डेल टेक्नोलोजिजका सिइओ माइकल डेलको सम्पत्ति १ खर्ब ६८ अर्ब डलर सहित ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको दशौँ नम्बरमा छन् ।



















