Spread the love

बुटवल, २४ फागुन ।
११६ औ अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा खुला दौड गरिएको छ । ‘सचेत नारी, सचेत परिवार ः हरेक क्षेत्रमा समान अधिकार’ नारासहित रेडियो मुक्तिको आयोजनामा यस क्षेत्रमा अग्रसर विभिन्न दुई दर्जन बढी संघसंस्थाहरुको सहकार्यमा २५ सय मिटर खुला महिला दौड आयोजनामा गरिएको हो ।

महिला सशक्तिकरणका लागि खेलकुद कार्यक्रम अन्तरगत आईतबार भएको प्रतियोगितामा सिमानगरकी अंकिता कठेरिया प्रथम भईन । उनले यो दुरी ८ मिनेट ३१.४९ सेकेण्डमा पार गर्दै उपाधिसंगै नगद ७ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भईन । यसैगरि योगीकुटीकी प्रकृति घिमिरे ८ मिनेट ३६.२४ सेकेण्डमा दुरी पार गर्दै द्धितिय बन्दै नगद पाच हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भईन । प्रतियोगितामा मोतिपुरकी रक्षा श्रीषले ८ मिनेट ३९.८७ सेकेण्डमा दुरी पार गर्दै तृतिय स्थान हासिल गर्दै नगद ३ हजार पाच सय रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भईन ।

एक समारोहका बिच नेशनल मल्टीस्पेसियलिटी क्लिनिक सुपर स्पेसियलिटी केयर सेन्टरका संचालक लक्ष्मण घिमिरे, समाजसेवी बुलबुल श्रेष्ठ, गायत्री श्रेष्ठ, रेडियोकी अध्यक्ष दीपु पोखरेल, स्टेशन म्यानेजर कल्पना तिवारीले पुरस्कार वितरण गरे । यसअघि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवि अर्यालले दौड कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्