बुटवल, २३ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन् । ३५ वर्षीय लम्सालले ५७,०३९ मत प्राप्त गर्दै फराकिलो अन्तरसहित प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन ।
उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले १२४४७ मत ल्याएका छन । यसैगरि राप्रपाका प्रज्वल बोहराले ८६४१ मत ल्याएका छन ।





















