झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।
शाहले ६८ हजार ३सय ४८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६सय १४ मतान्तरले पराजित गरेका छन् । ओलीले १८ हजार ७सय ३४ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका पूर्व–नगरप्रमुख शाह र एमाले अध्यक्ष ओलीबीच कडा चुनावी प्रतिस्पर्धा भएको थियो । अन्ततः शाहले ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















